काठमाण्डौं । माधब नेपाल निकटका भनेर चिनिएका युवा नेता राम प्रसाद रिजालले पनि माधब नेपालको साथ छोडेका छन । उनले आज बेलुका सामाजिक संजालमार्फत नेपालको साथ छोडेको जनाएका हुन । माधबको पक्षमा खुलेर वकालत गदै आएका रिजाल एकाएक किन युटर्न भए ? यो सबैको चासोकोे बिषय बनेको छ । उनले एक घण्टा अघि सम्म माधबका पक्षमा खुलेर बहस गरिरहेका थिए । यस अघि उनी बिभिन्न संचार माध्यममा माधबको पक्षमा नै खरो रुपमा उत्रिएका थिए । उनले आज बेलुका फेसबुकमा पाटी बिभाजनको पक्षमा नरहेको जनाएका छन । उनले लेखेका छन् ‘हिजो जे भने पनि म आज देखि बिभाजनको पक्षमा छैन । नेकपा एमाले जिन्दावाद ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend