काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजे राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मंगलबार मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेकी हुन् ।
राष्ट्रपतिले जारी गरेसँगै अध्यादेश राजपत्रमा प्रकाशनका लागि पठाइनेछ । राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ ।
अब कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend