शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

   पार्टीको नाम नेकपा एमाले (समाजवादी) चुनाव चिह्न ‘सूर्य’ अध्यक्ष माधव नेपाल !

   पार्टीको नाम नेकपा एमाले (समाजवादी) चुनाव चिह्न ‘सूर्य’ अध्यक्ष माधव नेपाल !

 

 

काठमाण्डौ । अन्ततः एमाले बिभाजन हुने संकेत देखियो । जति प्रयास गरे पनि एमाले जुटाउन नसक्ने अबस्था सिर्जना भयो । औपचारिक रुपमा अझै पार्टी फुटि सकेको भने छैन । तर फुटको संघारमा छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको अन्तिम तयारी गरेका छन् । एमालेबाट अलग्गिएर चुनाव चिन्ह सुर्य नै हुने र नेकपा एमाले (समाजवादी) को अध्यक्ष माधब नेपाल बन्न लागेको  माधब निकटका युवा नेता राम प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार चुनाव चिन्ह र पार्टीको नामबारे घनिभूत छलफल पछि माधब समूह यस्तो निर्णयमा पुगेको हो ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको र अन्त्यमा आएर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको रिजालले बताए ।
उनले भने “पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न सूर्य नै हुनेछ ।”

सूर्य चिन्ह त एमालेको हो कसरी मिल्छ त भन्ने प्रश्नमा “उदाउँदो सूर्य हुन सक्छ, घेराभित्रको हुनसक्छ अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ तर हामीले सूर्य छाड्दैनौँ ।”

सांगठनिक संरचनाको तयारीमा लागेको बेदुराम भुसाल नेतृत्वको टोलीले सबै तयारी पूरा गरीसकेकोले राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा दल दर्ताको लागी पुग्ने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend