काठमाण्ठौं । माधब निकटका युवा नेता राम प्रसाद रिजालले माधब नेपालले एकताका लागि अन्तिमसम्म प्रयास गरे पनि अध्यक्ष ओलीले एकताको ढोका बन्द गरेको बताएका छन । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनले बताएका छन्।
उनले आजै एकताको अन्तिम प्रयासका लागि नेता घनश्याम भुसाल माधब नेपाल सँग छलफल गरेर अध्यक्ष ओलीलाई भेट्न गएको कुरा समेत बताए ।
तर, एकताका लागि प्रयास गर्नुको सट्टा १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेर ओलीले एकताको ढोका बन्द गरेको उनको भनाइ छ । माधब नेपालले एकताका लागि अन्तिमसम्म प्रयत्न गर्दा पनि ओलीले एकताको ढोका बन्द गरेको उनले बताए । अब माधब नेपाल पार्टीलाई पुनर्गठन गर्ने अवस्थामा पुगेको रिजालले बताए ।
एमालेलाई विभाजनको दोबाटोमा पुर्याउन अध्यक्ष ओली जिम्मेवार भएको रिजालले बताए। माधब नेपाल लगायतका नेताहरुलाई गद्दार र देशद्रोही भन्दा पनि पार्टी एकताका लागि माधब नेपालले सहेर बसेको उनको भनाइ छ ।
अध्यक्ष ओलीको यही अहंकारले एमाले यो अवस्थामा पुगेको रिजालको आरोप छ । अझै पनि ओलीले गल्ती स्वीकार गरेर गत २३ फागुनपछि गरेका निर्णय खारेज गरेमा एकताको ढोका खुला रहने उनको भनाइ छ । तर माधब नेपाल पक्षका केही नेताहरु भने पार्टी एकताको लागी हारगुहार गरिरहेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend