शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देउवा सरकारले कुनै पनि काम गर्न नसक्ने कमल थापाको दाबी

देउवा सरकारले कुनै पनि काम गर्न नसक्ने कमल थापाको दाबी

 

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री नियुक्त भएको १ महिना बित्दा समेत देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्नु अपबित्र गठबन्धन र सत्ता स्वार्थका कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको आरोप लगाएका छन । थापाले अपबित्र गठबन्धनका कारण मन्त्रीमण्डल गठन हुन नसकेको जिकिर गरेका हुन् ।

थापाले देउवा सरकारलाई कोरोना भाइरस नियन्त्रण र समयमै चुनाव गर्ने काममा मात्रै ध्यान दिन सुझाब दिएका छन् । सरकारले कुनै पनि काम गर्न नसक्ने भन्दै केही अपेक्षा नै नरहेको थापाले बताएका छन ।

पूर्व प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा समर्थन गरेका थापाले देउवा सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको महाधिबेशनका लागि छलफलमा जुटेको छ । सोमबार देखि राजधानिमा महाधिबेशनको सुनिश्तताका लागी छलफलमा जुटेको अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

राप्रपाले एकताको महाधिबेशनको लागि कात्तिक २७ गते देखि २९ गते सम्म गर्ने तयारी गरको छ । केन्द्रिय कार्यसम्पादन समितिको बैठक स्थानिय तह निर्बाचन विशेष कार्ययोजनामा समेत सक्रिय बनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend