सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाहिरियो भित्री कुरो ! माधब – प्रचण्ड बैकल्पिक राजनीतिक शक्ति निर्माणको तयारीमा !

बाहिरियो भित्री कुरो ! माधब – प्रचण्ड बैकल्पिक राजनीतिक शक्ति निर्माणको तयारीमा !

 

 

राम प्रसाद रिजाल । केपी शर्मा ओलीको सत्तामोह प्रबृतिका कारण नेपाल कम्युनिष्ट पाटी तिन टुक्रा भयो । अहिले ओलीले एमाले समाप्त गदैछन । माधब नेपालले एकता चाहे पनि ओलीले भित्रीरुपमा एकता चाहेका छैनन् । उनले अध्यक्ष पद पनि छोडन चाहादैनन् । माधब नेपाल हेपिएर , अपमान सहेर ओली संग झुक्न चाहादैनन् । माधब र प्रचण्ड बीच पटक पटक भेटबार्ता पनि हुदै आएको छ । कारण के हो भने अब माधब र प्रचण्ड मिलेर नेपालमा बैकल्पिक राजनीतिक शक्ति निर्माणको तयारी गदैछन ।

नेपालको राजनीतिमा अब बैकल्पिक राजनीतिक शक्तिको उदय हुने निश्चित छ , यो आबश्यकता हो । यथास्थितीवादी राजनीति दलबाट मुलुकको भबिश्य निर्माण हुन सकेन । सत्ताको वरी परि बाहेक दल र तिनका नेताहरुले अरु केही देखेनन् । अहिले देखिएको समस्या यहि हो । यसरी देशको गति अघि बढाउन नसकिने भयो ।

एउटा दुरदर्शी माधब नेपाल र पुष्पकमल दाहाल जस्ता महान नेताले क्रन्तिकारी पाटी निर्माण गर्न अब आँट गर्नु पर्छ । जनता साथ दिन तयार छन । माधब नेपाल र प्रचण्डका बीचमा यी कुरा भइरहेका छन । माधब नेपाल र प्रचण्ड मुलुक प्रति धेरै चिन्तित छन । देश र जनता बाहेक उनीहरु अरु सोच्दैनन् ।

जनताको पक्षमा काम गर्न इमानदार नेता कार्यकर्ताको खाँचो हुन्छ । त्यसको लागी म जस्ता इमानदार कार्यकर्ताहरु माधब नेपाल र प्रचण्ड मिलेर बनाउने पाटीमा रात दिन खटेर जनताको सेवा गर्ने छौ. । आज मुलुकका सामु धेरै समस्या तेर्सिएका छन । जनता भोका छन , बेरोजगार छन , अभाब र समस्या संग पिल्सिएका छन ति समस्या समाधानका लागी पनि एउटा बैकल्पिक राजनीतिक शक्ति समय र युगले माग गरेको छ ।

यो शक्ति निर्माण गर्न सबै क्रन्तिकारी र देशभक्त शक्तिहरु एक हौं । भ्रम र बास्तबिकतालाई केलाएर सबै कुरा बुझनु पर्ने हुन्छ । भ्रमको पछि कोही नलागौं । कोही तानशाही हुन खोज्छ भने त्यो मुलुकमा धेरै टिक्दैन । राजा माहाराजा देखि ओली सम्म टिक्न सकेनन । अब ओलीलाई राजनीतिक रूपमा समाप्त नगरी नेपालमा स्थिरता आउदैन शान्ति प्रकृया टुङ्गोमा आउदैनन त्यसकारण अब परिवर्तनकारी शक्ति, पार्टीहरु शुरूमा गठबन्धनको रूपमा र अन्तमा एउटै पार्टीको रूपमा मिलेर यही आउने अबको चुनाव मार्फत नयाँ शक्ति वा पार्टीको जन्म हुने र त्यस गठबन्धन वा पार्टीको नेतृत्व माधव कुमार नेपाल, प्रचण्ड, बाबुराम ,मोहन बैध ,उपेन्द्र यादव ,अशोक राईले गर्ने  छन ।छिट्टै अव नेकपा समाजवादी केन्द्रको रूपमा यी माथिका शक्तिहरु उदाउने अबको चुनावमा पहिलो शक्ति यही नेकपा समाजवादी केन्द्र हुने र दोस्रो शक्ति नेपाली कांग्रेस हुने र ओलीको एमाले पार्टी अस्तित्वमै नआउने अबस्था हुन सक्छ । नेपालको राजनीतिमा अब बैकल्पिक शक्तिको उदय हुने कुरालाई अब कसैले रोक्न सक्दैन ।

आगामी हुने निर्वाचनमा गणतन्त्रवादी एक हुदां ओलीको प्रत्यक्ष चुनावमा ओलीले पनि नजित्ने र ओलीको पार्टीले १ सिट पनि नल्याउने अबस्था निर्माण गर्ने अभियानमा माधब प्रचण्ड छन । माधव कुमार नेपालले पार्टी एकताको लागी भनेर अब ओली संग समय खर्च नगर्ने निष्कर्षमा पुगेका छन । रिजाल माधब निकटका प्रभाबशाली युवा नेता हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend