सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दश वर्षे साझा विकास रणनीति तय गर्नुपर्ने कुरामा अर्थमन्त्री शर्माको जोड

दश वर्षे साझा विकास रणनीति तय गर्नुपर्ने कुरामा अर्थमन्त्री शर्माको जोड

 

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सवै पक्षहरुबिच व्यापक बहस गरेर दश वर्षे साझा विकास रणनीति तय गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् । उनले देश विकास सवैको साझा एजेण्डा भएकोले संविधानमा उल्लेख गरिएबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी विकास रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गरे ।

परिमार्जित बजेट सन्तुलित किसिमको आउने भन्दै उनले प्रधानमन्त्रीको जिल्लामा पाँच अर्बको योजना हालेर बाँकीमा रित्तै बनाउने काम आफ्नो तर्फबाट नहुने कुरा दोहो¥र्याए ।

निजी क्षेत्रसँगको सहकार्य अहिलेसम्मको भन्दा अझ उन्नत किसिमको हुने आश्वासन दिँदै मन्त्री शर्माले उत्पादनमुखी क्षेत्रमा ध्यान दिन आग्रह गरे । उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्ने, छरिएको पुँजी एकीकृत गर्ने, वित्तीय संघीयता लागू गर्ने र सामाजिक न्याय स्थापित गर्ने काममा सरकारको ध्यान जाने उनले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend