शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेका उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच भेटवार्ता, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल

एमालेका उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच भेटवार्ता, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल

 

 

काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पोखरेलको निवास धापासीमा भेटवार्ता भएको छ । आइतबार उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच भेटवार्ता भएको हो । उनीहरुले पार्टीलाई एकताबद्ध बनाउने विषयमा केन्द्रीत रहेर छलफल गरेको बुझिएको छ ।

उक्त छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए ।

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरूसँग पनि संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाको विघटन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ ।

अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्न सक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरू विभाजनको विपक्षमा उभिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend