काठमाडौं, । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले अब अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग कुनै वार्ता तथा सम्वाद नगर्ने स्पष्ट पारेका छ्न । एकताको लागि अध्यक्ष ओलीले लामो समयसम्म नेता नेपाललाई पर्खिएको भएपनि अब नेपालसँग भने एकताको लागि वार्ता नगर्ने पक्षमा अध्यक्ष पुगेको ज्ञवालीको भनाई छ ।
आज राति ८ बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालसँग वार्ता नगरेपनि नेपाल पक्षका प्रभावशाली नेताहरुसँग भने आफूहरुले वार्ता तथा छलफल गरिरहेको पनि सुनाए । उनले नेता नेपाल एकताको लागि गम्भीर नभएको आफूहरुको निश्कर्ष रहेको पनि सुनाए ।
भीम रावल, सरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराईलगायत नेपाल पक्षधर प्रभावशाली नेताहरु भने एकताकै पक्षमा रहेको पनि उनको भनाई छ । उनले वरिष्ठ नेता झलनाथ खनालपनि एकताकै पक्षमा उभिने विश्वास दिलाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend