शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि उत्साहित बन्दै प्रचण्डले गरे यस्तो घोषणा

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि उत्साहित बन्दै प्रचण्डले गरे यस्तो घोषणा

 

काठमाण्डौं । तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ ।

केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ । ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिर्पोटिङ गर्ने क्रममा प्रचण्डले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तक गरेका थिए । उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारमा व्याख्या गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend