काठमाण्डौ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । सुनेको भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend