शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रामहरिले उठाए पाटी भित्रै गम्भिर प्रश्न, वडाबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्न चुनौती

रामहरिले उठाए पाटी भित्रै गम्भिर प्रश्न, वडाबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्न चुनौती

 

 

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सबै केन्द्रीय सदस्यहरूलाई वडाबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्न चुनौती दिएका छन् ।

कांग्रेस नेता खतिवडाले शुक्रबार ट्वीट गर्दै हिम्मत भए वडा, क्षेत्र र जिल्ला हुँदै महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका हुन् ।

‘नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरू पनि अब पार्टीको चुनावमा जिल्लामा निर्वाचित नभई महाधिवेशन प्रतिनिधि हुने रे ? ’, प्रश्न गर्दै खतिवडाले भने, ‘अलि लाज भो । हिम्मत भए सबै केन्द्रीय सदस्यहरू वडा हुँदै जिल्लाबाट निर्वाचित भएरै आउने प्रयास गरौं । आफ्नो हैसियत जिल्लामा हेरौँ । हुन्न र ? ’

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग गरेर केन्द्रीय कार्यसमितिको बैठकमा सामूहिक राजीनामा दिने भनेर दिएको धम्कीका विषयमा जवाफ दिँदै खतिवडाले वडाबाट निर्वाचित भएर आउन सुझाव दिएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा कतिपय केन्द्रीय सदस्यहरू वडा सदस्य जित्न पनि नसक्ने हैसियत भएकाहरू छन् । आरक्षण र नेताहरूको जोडबलले गर्दा केन्द्रीय सदस्य बनेका छन् । ती केन्द्रीय सदस्यलाई वडाबाट जितेर आउन ठूलो समस्या छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend