शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले किन दिए राजीनामा ?

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले किन दिए राजीनामा ?

 

 

काठमाडौं ।  नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्। पार्टीले आफूहरुलाई अपहेलना गरेको भन्दै राजीनामा दिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा उनीहरुले शुक्रबार राजीनामा दिएका हुन्। कृष्णकिशोर घिमिरेले सभापति देउवालाई संयुक्त राजीनामापत्र बुझाएका थिए।

पार्टीमा पदाधिकारी र पूर्वपदाधिकारी वडाबाट नै चुनाव लडेर आउनुपर्ने, क्षेत्रीय सभापति र जिल्ला सभापतिमा एक व्यक्ति एक पटक मात्र लड्न पाउनुपर्ने माग उनीहरुको छ।

पार्टीले आफूहरुलाई अपहेलना गरेको भन्दै उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था विधानबाट नै हटाउन भनेका छन्।

सामूहिक राजीनामा दिनेहरू

१। नन्दनकुमार दत्त
२। कुमार खड्का
३। बालकृष्ण पाण्डेय
४। गोरख ९आनन्द० विष्ट
५। नरेन्द्रकुमार चौधरी
६। हसन अन्सारी
७। किरणराज शर्मा पौडेल
८। रमा कोइराला पौडेल
९। कृष्णकिशोर घिमिरे
१०। गोपालकुमार बस्नेत
११। सुधीरकुमार शिवाकोटी
१२। मनोहरनारायण श्रेष्ठ
१३। ध्रुव वाग्ले
१४। मोहनसिंह राठौर
१५। शम्भुलाल श्रेष्ठ
१६। अभिषेख प्रताप शाह
१७। दयाराम पाण्डे
१८। जनकराज कलौनी
१९। भूमिबहादुर (विश्व) गुरुङ
२०। आशाराम चौधरी
२१। दिलीप राई
२२। राजेश बहादुर सिंह

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend