शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सुरेन्द्र पाण्डेले भने-एमालेको अध्यक्ष ओली नै हो, पार्टी फुट्नेवाला छैन

सुरेन्द्र पाण्डेले भने-एमालेको अध्यक्ष ओली नै हो, पार्टी फुट्नेवाला छैन

 

सर्लाही । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन ।

उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पाण्डेले मिडियाले हल्ला गरे जस्तो एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend