काठमाण्डौं । लुम्बिनी उद्योग बन तथा बाताबरण मन्त्रालको समीक्षा बैठक मा प्रमुख अतिथीको रूपमा सहभागी हुँदै गर्दा एक्कासि खुट्टा निदाएको जस्तो भएपछि लुम्बिनीको भिम हस्पिटल र गौतमबुद्द मुटु हस्पिटल हुँदै काठमाडौं को नर्भिक हस्पिटल मा रहनुभएकी तत्कालीन मन्त्री कल्पना पाण्डे लम्साल आज बीस दिनको हस्पिटल बसाईपछि डिस्चार्ज हुनुभएको छ ।
भारतीय कोभिडसिलको कोभिड बिरूद्दको खोपको कारण भएको जिविएस भन्ने गम्भीर प्रकृतिको रोगको सिकार हुनुभएको पूर्वमन्त्री पाण्डेलाई उच्च आत्मबलको कारण चमत्कारिक रूपमा रोगको न्युनिकरण भएको उपचारमा संम्लग्न डाक्टर पंकज जलान र डाक्टर यादव भट्टले जनाउनुभएको छ ।
सामान्यतया ३८ दिन देखि २ बर्ष सम्म लाग्ने भएपनि पाण्डेको हकमा भने त्यो लागू नभएको बताउनु भएको छ ।
२० दिनको हस्पिटल बसाईपछि अब नर्भिक को डाक्टरले निवासमा नै गएर थेरापी गराउने गरि उहाँलाई डिस्चार्ज गर्न लागिएको हस्पिटल श्रोतले जानकारी दिएको छ ।
असाध्यै महंगो खोप लगाएर उपचार गर्नुपर्ने यो रोगको कारणको बिषयमा थप अनुसान गर्न डव्लुएचओले समेत पाण्डेको उपचार पद्धतिको बारेमा अनुसन्धान गरिरहेको छ ।
हस्पिटल बाट डिस्चार्ज हुँदै गर्दा पूर्वमन्त्री पाण्डेले हस्पिटलको डाक्टरहरूको मेहनत र तमाम नेता, कार्यकर्ता, अग्रजहरू को आसिर्वाद र भगवान श्री पशुपतिनाथको कृपाको कारण आफूले नयाँ जीवन प्राप्त गरेको बताउनु भयो ।
उहाँले छोटो कुरा गर्दै अब खतरामुक्त भएको छु पूरा हिड्न सक्ने हुन ३, ५ महिना जति लागेपनि हस्पिटल प्रशासनले थेरापि व्यवस्था गरेको र निवासमा नै रहेर थेरापी गर्ने र आफू स्वस्थ्य भएपछि आफ्नो जीवन नै नेपाली जनताको सेवामा अर्पण गरेकोले पून पार्टीको राजनीति मा सक्रिय रहने बताउनु भयो ।
मन्त्री पद त गयो नि तपाईंको भन्ने प्रश्नको जवाफमा उहाँले हाँस्दै भन्नुभयो, ‘आफू पद पाईन्छ भनेर राजनीतिमा नलागेको र जनताको सेवामा लागेको कारण र पार्टीको नेतृत्वले योग्यता र क्षमता सहित बिस्वास गरेको कारण मन्त्री सम्म बनेकोले आफूलाई केही फरक नपरेको बताउनु भयो । पद अस्थायी हुन्छ मूख्य कुरा जनताको पक्षमा, राष्ट्रियता को सवालमा आफ्नो दृढता स्पष्ट भएकोले आफूलाई पार्टीले दिएको जुनकुनै जिम्मेवारी सहज र सरल रूपमा गर्ने भएकोले बिरामीबाट मुक्त हुनासाथ जनताको घरदैलोमा पुग्ने वताउनु भयो ।
पूर्वमन्त्री पाण्डेले सबै नेता कार्यकर्ताको दुवा को कारण आफुलाई डाक्टरको दवाईले सोचेभन्दा छिटो सकारात्मक असर गरेकोले आफु ती सबै मान्यजनहरू, नेतागणहरू, जो हस्पिटल सम्म टाढाटाढाबाट आउनुभएका तमाम व्यक्तित्वहरू, समाजिक सञ्जाल फेसबुक ह्वाटसप, भाइबर, टुईटर मार्फत स्वास्थलाभको कामना गर्नुहुने सबै सबैलाई आफ्नो तर्फबाट आभार तथा धन्यवाद ज्ञापन गर्दै यत्रो लामो समय सम्म उपचार सम्लग्न डाक्टर पंकजको टिम, डाक्टर यादव भट्टको टिम लगायत हस्पिटल को अध्यक्ष बसन्त चौधरी लगायत सम्पूर्ण नर्भिक परिवार, नर्सहरू, हाउसमेडका स्टाफहरू सबैलाई मुरि मुरि धन्यवाद दिन चाहन्छु । साथै लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेल ज्यूको क्याविनेट अन्तरगत मन्त्रीको रूपमा सुरूमा शिक्षा तथा सामाजिक बिकास मन्त्रालयमा बैशाख ६ गते देखि २३ गते सम्म र त्यसपछि उद्योग बन तथा बाताबरण मन्त्रालयमा रही आफूले सकेसम्म ईमानदार र निस्पक्ष्य रूपमा मन्त्रालयको मर्यादा तथा जनभावना लाई उच्च कदरका साथ सेवा गर्दै छोटो समय पञ्चात् आज मन्त्री पद नरहेको अवस्थामा अस्पताल को शैया मा पुगे तापनि अस्पतालको शैयाबाट मलाई मन्त्रीको रूपमा अवसर दिनुहुने जनता समाजवादी पार्टीको नेतृत्वगण, मा मुख्यमन्त्री शंकर पोखरेलज्यु लगायत सम्पुर्ण क्याविनेट मन्त्री ज्युहरू, प्रदेशको प्रमुख सचिवज्यू, बिभिन्न मन्त्रालयका सचिव ज्युहरू, साथै उद्योग बन तथा बाताबरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र के। सी। ज्यू, मन्त्रालयका विभिन्न बिभागका कर्मचारीज्यूहरू, डिभिजन बन कार्यालयका प्रमुख ज्युहरू, उद्योग निर्देशक ज्यू, बन निर्देशक ज्यू विभिन्न बन समूह समितिका पदाधिकारीज्युहरू लगायत सम्पूर्ण कर्मचारीलाई मलाई मन्त्रीको रूपमा सहयोग र सहयात्रा गर्नुहुने तमाम व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै नव नियुक्त माननीय मुख्यमंत्री तथा माननीय मन्त्री ज्यूहरूलाई हार्दिक बधाई एवं शुभकामना !! धन्यवाद भन्न चाहन्छु । धन्यवाद ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend