काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारलाई अफगानिस्तानमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न माग गरेका छन् ।
अमेरिकी सेनाको फिर्तीपछि अफगानिस्तानमा द्वन्द्व बढीरहेकाले त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
सबै देशले आ–आफ्ना नागरिकको उद्धार गरिरहँदा नेपाल सरकारले त्यसतर्फ कुनै चासो नदिएको बताए । उनले उनीहरुलाई फिर्ता नल्याएसम्म सरकारलाई काम गर्न नदिने चेतावनी पनि दिएका छन् ।
उनले भने, ‘अफगानिस्तानमा भइरहेको द्वन्द्वप्रति पूरा विश्व जानकार छ । तर, हाम्रो निकम्मा सरकारले त्यतातिर ध्यान नै दिएको छैन । तत्काल उनीहरुको उद्धार गरियो । उनीहरुलाई उद्धार नगर्दासम्म हामी सरकारलाई काम गर्न दिँदैनौं ।’
साथै सांसद अधिकारीले पुरानो सरकारले सुनिश्चित गरेको खोपलाई अहिलेको सरकारले आफ्नो भन्दै फुँई लाइरहेको पनि बताएका छन् । ‘आज निकै पहिले ल्याइदिएको खोपलाई हामीले ल्याएको भन्दै माननियहरुले उत्साह देखाउनुहुन्छ । यो त केपी ओली सरकारले ल्याइदिएको हो नि । सक्छ भने सरकारले अफगानिस्तानबाट नागरिकको उद्धार गरोस ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend