सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ चार महिना यताकै सस्तो भएको छ । हिजो मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बुधबार भने ४०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुन ८८ हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।

गत बर्ष चैत १९ गते सुनको भाउ प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने गत बैशाख २ गते ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो सुनको मूल्य गत सोमबार घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुनेछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend