फाइल फोटो
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मूर्खको संज्ञा दिएका छन्।
दुई पटक प्रतिनिधिसभा विघटन गरेर सर्वोच्च अदालतले रोकेपछि पहिलो पटक संसदमा गरेको सम्बोधनपछि अध्यक्ष भट्टराईले ट्वीटरमा लेखेका छन्, सबको औषधी दैवले रचिदियो, बिर्सेछ कि मूर्खको
भर्खरै आफ्नै कुकर्मको कारणले सत्ताच्युत भएका ओलीले संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको स्मरण गराएको उनले उल्लेख गरे। पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे कुनै क्षमायाचना नगरेको उनको भनाइ छ।
अध्यक्ष भट्टराईले लेखेका छन्। ुभर्खरै आफ्नै कुकर्मले सत्ताच्युत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend