शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेस पौडेल समूहका जिल्ला सभापतिहरुको भेला काठमाडौँमा जारी

कांग्रेस पौडेल समूहका जिल्ला सभापतिहरुको भेला काठमाडौँमा जारी

 

 

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौँमा सुरु भएको छ। पार्टीको महाधिवेशन र मन्त्रिपरिषद् विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्षइतर जिल्ला सभापतिहरुको भेला सुरु भएको हो।

सोमबार काठमाडौँको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरु सहभागी रहेका नेपाली कांग्रेस जिल्ला कार्य समितिका काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिए।

उनले भने ‘महाधिवेशनको सन्दर्भ पनि आएको छ। सरकार पनि पार्टीले चलाउन पाएको छ। यी दुईटै कुरामा केन्द्रित भएर छलफल गरिनेछ। सरकारलाई गतिशील बनाई जनताले चाहे अनुसारको काम गर्न लगाएर सफल बनाउने र पार्टीलाई गतिशील बनाउने गरी समक्ष नेतृत्व चयन हुने गरी पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्ने बारे बैठकले आवश्यक निर्णय लिनेछ।’

दुई दिनसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुलाई बुझाउने तयारी गरिएको छ।

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ।

त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend