फाइल तस्बिर
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो ।
स्थायी समिति बैठक लगत्तै एमालेको केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दैछ । स्थायी समितिले दिएको एजेन्डामा छलफल गर्नेगरी एमालेले दिउँसो ३ बजे केन्द्रीय समिति बैठक राखेको छ ।
तर, नेपाल समूहलाई कुरेर एक दिन बैठक सारेपनि आजको बैठकमा नेपाल पक्षका स्थायी समिति सदस्यहरु अनुपस्थित रहेका छन् । तर, बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् ।
यसअघि, आइतबारका लागि बोलाइएको बैठक वरिष्ठ नेता नेपाल समूहलाई कुरेर एक दिनका लागि सारिएको थियो । नेपाल पक्षबाट पार्टी एकता कार्यदलमा रहेका नेताहरुको आग्रहमा अध्यक्ष ओलीले एक दिन बैठक स्थगित गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend