फाईल तस्बिर
काठमाण्डौं । एमाले नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीले राम्रो काम गर्न नसकेकै कारण दुईतिहाइ नजिकको कम्युनिस्ट सरकार ढलेको आरोप लगाएकी छिन् । उनले ओली झुठको सहारा लिएर अघि बढ्न खोजेको आरोप लगाइन् । युवा संघ नेपाल रामेछाप अन्तरजिल्ला कमिटी तथा पिपुल्स भोलेन्टियर गठन कार्यक्रममा शनिबार झाँक्रीले यथार्थ कुरा कार्यकर्ता र जनतामा पु¥याउनुपर्ने बताएकी हुन् । ‘काम गर्न नसक्ने, पार्टीको बैठकमा भाग नलिने, बैठकका निष्कर्ष कार्यान्वयनमा नलाने, एक्लै हिँड्ने सर्वसत्तावादी प्रवृत्ति देखियो । त्यसलाई सच्याउन गत वर्ष पनि ओलीलाई मौका दिइयो । तर, सच्चिने काम भएन । जसको परिणाम आज देखिएको छ ।’ उनले भनिन् ।
दुईतिहाइको कम्युनिस्ट सरकार किन ढल्यो, नेकपा किन बनाइयो र किन विघटन गरियो रु संविधान बचाउन विपक्षीलाई नेतृत्व दिनुपर्ने अवस्था किन आयो रु यसको विषयमा यथार्थ विषय जानकारी गराउन आवश्यक रहेको उनले बताइन् । ओलीले न्यूनतम राजनीति संस्कार, संस्कृति तथा लोकतान्त्रिक चरित्र नदेखिएको आरोप पनि उनले लगाइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend