सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भीएलएनका सञ्चालक श्रेष्ठ ललितपुर अदालतबाट रिहा

भीएलएनका सञ्चालक श्रेष्ठ ललितपुर अदालतबाट रिहा

वैदेशिक रोजगार व्यवसायी एबम भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत, ललितपुरले १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । यसअघि उनलाई सोही प्रकृतिको मुद्दामा जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय, ललितपुरमा पनि उनीविरुद्ध अनुसन्धान भइरहेकाले प्रहरीले फेरि पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत, ललितपुरका न्यायाधीश धनसिंह महराको इजालासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन कम्पनी बाट ३२ सय रुपैयाँ लिने गरेको उनलाई आरोप लाग्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend