काठमाण्डौं । नेपालले आगामी सेप्टेम्बरमा भारतसँग २ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार सेप्टेम्बर २ र सेप्टेम्बर ५ तारिखमा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो। दुवै खेल दशरथ रंगशालामा हुने एन्फाले जानकारी दिएको छ।
साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा नेपाल र भारत भिड्न लागेका हुन्। आगामी अक्टोबरमा साफ च्याम्पियनसिप आयोजना हुने तयारी छ। आयोजनास्थलका रुपमा नेपाललाई प्रस्ताव गरिएको छ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जितेको छैन।
नेपाली टोलीले दक्षिण एसियाली फुटबल (साग)मा पछिल्ला दुई स्पर्धामा स्वर्ण पदक जितेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend