शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देउवालाई भेट्न पुगे संस्थापनइतरका युवा नेताहरु बालुवाटारमा

देउवालाई भेट्न पुगे संस्थापनइतरका युवा नेताहरु बालुवाटारमा

 

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न नेपाली कांग्रेसका संस्थापनइतरका युवा नेताहरु बालुवाटारमा पुगेका छन्।

आसन्न महाधिवेशनको विषयमा छलफल गर्न युवा नेताहरु बालुवाटार गएको बताइएको छ। भदौ १६ बाट सुरु हुनुपर्ने १४ औं महाधिवेशनका सन्दर्भमा अन्योल बढेपछि तेस्रो पुस्ताका नेताहरुले सक्रियता बढाएका छन्।

यसअघि संस्थापन इतर पक्षका शीर्ष नेतासँग पनि उनीहरूले छलफल गरिसकेका छन्।

प्रधानमन्त्रीलाई भेट्न वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पक्षका तेस्रो पुस्ताका अधिकांश नेता बालुवाटार पुगेका बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend