धनुषा जिल्लामा एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको संख्या करिब दोब्बरले वृद्धि भएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना, जनकुपर करिडोर कार्यालय, महोत्तरीको अध्ययनले उक्त तथ्यांक देखाएको छ । उक्त कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा महोत्तरीका ३४ हजार २३५ जना वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष २०७२ र ०७३ मा १९ हजार ९७२ जना गएका थिए । वैदेशिक रोजगारीमा गएकाहरु सीप तथा ज्ञान अभाव आदि कारण उचित तलब नपाउने र काम छाडेर फर्किएर आउनुपर्ने अवस्था सिर्जना भएको आयोजना कार्यालयका संयोजक मोति गिरीले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend