शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधब नेपालले लाएनन् ओलीका कुरामा टेर पुच्छर

माधब नेपालले लाएनन् ओलीका कुरामा टेर पुच्छर

डा डिआर उपाध्याय,

मिल्न नसकेको एमाले नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पाटी भित्र देखिएको बिवाद झन झन उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्ष बीच फोर्स गठन गर्ने कुरामा प्रतिस्प्रर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागी रहेका छन ।

माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन कहिले बिष्णु पौडेल । तर पनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझैे बाहिर आउन सकेको छैन । पछिल्लो राजनीतिक बाताबरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने काम देखि देउवालाई प्रधानमन्त्री बनाउने सम्म नेपालको ठूलो भूमिका र योगदान छ । पाटी भित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै केहि देखिएको छैन । एमाले पाटी भित्रको अवस्था जटिल छ ।

अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालले विद्रोह गर्दै आएका छन । तर ओली पक्षले माधव समूहलाई निकाल्न पनि सकेको छैन र समेट्न पनि सकेको छैन । अध्यक्ष ओली यति बेला धेरै अफ्ठ्यारोमा परेका छन । पाटी नमिले आगामी चुनावमा आफनो पाटी पत्तासाप हुने अनुमान ओलीले लगाएका छन । आगामी चुनावमा बहुमत ल्याउनका लागी भए पनि पाटी एक ढिक्का बनाउनु पर्ने बाध्यता ओली माथि छ । यति बेला हरेक कुराले ओलीमा तनाव बढेको देखिन्छ ।

यो सबै कुरा निम्तिनुमा ओलीको अहंम, दम्भ र अहंकारले नै हो । दम्भको राजनीति ओलीले नगरेको भए न नेकपा फुट्थ्यो न एमाले । सबै कुरा घमण्डले खाएको हो । आफू र आफ्ना मात्र ठीक अरु सबै बेठीक यस्ता किसिमका गलत ब्यवहारले गर्दा ओलीको राजनीति ओरालो लागेको हो । पाटी एक नहुदा सम्म उनी अब उठन सक्ने अबस्था देखिदैन । दुई तिहाई बहुमतको सरकार समेत बचाउन नसक्नु नै ओलीको दुर्भाग्य हो । उनकै कारण एमाले नामको पार्टी उठ्नै नसक्ने गरी धराशायी हुने अवस्थामा पुग्दैछ । ओलीको बोली र व्यवहारले पाटी एकता होला जस्तो देखिदैन ।

यता नेपालले अध्यक्ष होइन, अधिकार खोजेको बताउँदै आएका छन । अधिकार कस्तो हो त्यो भने बताएका छैनन् । नेपाली जनताको आशा र भरोसा माथि कुठाराघात भएको छ । जनताले बिकास समृद्धि र सुशासन कायम होला भनेर दुई तिहाइको बहुमत दिए त्यो बहुमतको सरकार पच्न नसकेर ओलीले दुइ पटक सम्म संसद बिघटन गरे । सम्मानित सर्वोच्च अदालतले संसद पुनस्थापना गरिदिएर अहिले मुलुक सहि बाटोमा फर्किएको छ । ओलीका गलत कदमले लोकतन्त्र नै गुम्ने खतरा थियो ।

त्यो बच्यो यो नै ठूलो कुरा हो । हाल अध्यक्ष ओली केन्द्रदेखि प्रदेशसम्म रक्षात्मक अवस्थामा पुगेका छन् । त्यसैले माधव समूहलाई फकाएर पाटीमा फर्काउने रणनीतिमा ओली छन । माधब नेपालले ओलीका कुरामा टेर पुच्छर लाएका छैनन् ।

एमाले भित्र झगडा हुन थालेको लामो समय भयो । अब समयमै यसको व्यवस्थापन गर्न नसके आगामी चुनावसम्म एमाले नामको पार्टी धरहराबाट हेर्नु पर्ने अबस्था आउन सक्छ । झण्डै दुई तिहाइ जनमत जुटाएर सत्तारोहण गरेका ओली तीन वर्ष पूरा हुँदानहुँदै आफ्नै दम्भ र अहङ्कारका कारण बहुमत गुमाउँदै लज्जास्पद अल्पमतमा झरेर बहिर्गमित भए । ओलीले दुई तिहाइको बहुमत त पाए, तर धान्न भने सकेनन् । फलतः ‘दुःख पाइस मङ्गले आफ्नै ढङ्गले’ को नियति भोग्दैछन् ।

हरेक समय आफैँले सोचे जस्तो कहिले हुदैन । एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने निश्चित जस्तै छ । काङ्ग्रेस, एमाओवादी केन्द्र र जसपाबीच मन्त्रिमण्डलको भागबन्डा टुङ्गो लाग्दै छ । सत्तागठबन्धनको मुख्य धार माधव समूहको अलमलको असर सरकार गठनमा परेको बुझिन्छ । माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ । तर, कांग्रेस, माओवादी अब माधव समूहलाई पर्खेर बस्न नहुने पक्षमा पुगेका छन् । माधव समूहलाई संवैधानिक निकाय लगायतका सरकारी पदहरूमा समेटेर भए पनि अघि बढ्नुपर्ने उनीहरूको बुझाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend