शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचमा भयो यस्तो सहमती

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचमा भयो यस्तो सहमती

 

 

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नबनाउने भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाभित्र उपप्रधानमन्त्री बन्न नेताहरुले दौडधुप तिव्र बनाएपछि प्रधानमन्त्री देउवा उपप्रधानमन्त्री नबनाउने निष्कर्शमा पुगेका हुन ।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच उपप्रधानमन्त्री नबनाउने सहमती बनेको स्रोतको दावी छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसंग भने यसबारेमा छलफल नै नभएको बताइन्छ ।

नेपाली कांग्रेसबाट उपप्रधानमन्त्री बन्न सुजाता कोइराला र प्रकाशमान सिंह, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ,हरिवोल गजुरेल,कृष्णबहादुर महरा र जनार्दन शर्मा र जसपाबाट उपेन्द्र यादवले उपप्रधानमन्त्रीमा दावी गरेपछि सत्तारुढ गठवन्धनमा समस्या भएको हो ।

तिनै जना नेताहरुबीच मन्त्री नियुक्त गर्दा मर्यादाक्रमलाई ख्याल गर्ने तर उपप्रधानमन्त्री नबनाउने सहमती भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।काठमाण्डुपाटीबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend