नेपाल दूरसञ्चार प्राधिकणरले भाइबर, स्काइप जस्ता एपको फिचर प्रयोग गरी नेपालका मोबाइल नेटवर्क र ल्याण्डलाइनमा कुराकानी नगर्न नगराउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपालभित्र भाइबर, स्काइप जस्ता विभिन्न एपहरुको रिचार्ज कार्डहरु बिक्री वितरण हुने गरेको र भाइबर आउट, स्काइप आउट जस्ता एपको फिचर प्रयोग गरेर नेपालका दूरसञ्चार सेवा प्रदायकको मोबाइल तथा ल्याण्डलाइनमा कुराकानी हुने गरेको बुझिन आएकाले यस प्रकारको कार्य दूरसञ्चार ऐन नियम विपरितको कार्य भएकोले यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
प्राधिकरणले भाइबर, स्काइप जस्ता एपबाट मोबाइल र ल्याण्डलाइनमा कुराकानी गर्ने वा गराउने पाइएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । आइसिटीबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend