शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सरकारमा नजाने, पार्टी एकतामै ध्यान दिने

सरकारमा नजाने, पार्टी एकतामै ध्यान दिने

 

 

 

राम प्रसाद रिजाल, काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकता नै गर्न पहल गर्ने र पार्टी तत्कालमा देउवा सरकारमा सहभागी नहुने निर्णय भएको छ ।
सोमबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले तत्काल सरकारमा नजाने र एकताको पहलमै ध्यान दिने निर्णय भएको बताइएको छ ।

साथै, पार्टी एकता प्रक्रिया अघि बढिरहेको अवस्थामा कुनै पनि पक्षले अवरोध सिर्जना गर्ने खालका कामहरु नगर्न पनि बैठकमा छलफल भएको छ । साथै, सोमबार ओली समूहको स्थायी समितीको बैठकले ९ वटा विभाग गठन गरेर त्यसको जिम्मेवारी पनि तोकेका छन् ।

पार्टी एकताका लागि पुनः अध्यक्ष केपी शर्मा ओली र नेपालबीच पनि भेटवार्ता छिट्टै हुने बताइएको छ । तर, कहिले भेट हुने भन्नेमा मिति तय भइसकेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend