काठमाडौँ । सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । सरकार सञ्चालन तथा मन्त्रिमण्डल विस्तारबारे सोमबार बिहान बालुवाटारमा कार्यदलको बैठक बसेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनेको कार्यदलमा कांग्रेसको तर्फबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ छन् । यस्तै जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय सदस्य छन् ।
सोमबार बिहान बसेको कार्यदलको बैठकले मन्त्रिमण्डल विस्तारका लागि गठबन्धनमा सामेल दलहरुको सिफारिस बारे छलफल गर्ने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend