सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुरुङ मार्गमा पुरिएका मानिसहरुको ३९ घण्टापछि सकुशल उद्दार

सुरुङ मार्गमा पुरिएका मानिसहरुको ३९ घण्टापछि सकुशल उद्दार

संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनालाई सकुशल उद्दार गर्न सुरक्षाको टोली सफल भएको छ । सुरुङ मार्गमा पुरिएका मानिसहरुको ३९ घण्टापछि सकुशल उद्दार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएकालाई उद्दार गरेको हो ।

कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो । सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा आइतबार बिहान उद्दार टोलीले ठूलो ढुंगामा प्वाल पारेको थियो । प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिए पछि डोरीको प्रयोग गरेर उनीहरुलाई उद्दार गरेका सुरक्षा टोलिले बताएको छ । उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend