शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने

 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो। पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेता नेपालले अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको जनाउँदै त्यस्तो अवस्थामा कांग्रेसले आठ, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट सातरसात मन्त्री बन्नेछन्।

बाँकी तीन स्थानमा नेता नेपालनिकट रहेका तर स्वतन्त्र हैसियतका नेताहरू मन्त्री बन्ने निकटहरूको दाबी छ। ‘आइतबार बिहान संख्या र मन्त्रालय टुंगो लाग्छ,’ एक नेताले भने, ‘सत्तारूढ दलहरूले आ–आफ्नो पार्टीबाट सरकारमा सहभागी गराउने नेताको गृहकार्य गरिरहेका छन्। सकेसम्म आइतबार नभए सोमबारसम्म सरकार विस्तार हुनेछ।’

कांग्रेसबाट विस्तारित मन्त्रिपरिषद्मा पुष्पा भुसाल सहभागी हुने निश्चित रहेको दाबी गर्दै नारायण खड्का, मानबहादुर विक, किशोरसिंह राठोर, बहादुर सिंह लामासहितका नेता सक्रिय छन्। त्यस्तै, संस्थापनइतर पक्षबाट देउवाले नेता रामचन्द्र पौडेलसँग दुई नेताको मात्र नाम मागेको स्रोतको दाबी छ। त्यसमध्ये पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउन देउवाले चाहेको बताइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend