शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

केपी शर्मा ओलीतर्फ संकेत गर्दै माधव नेपालको आयो अहिले सम्मकै कडा अभिब्यक्ति

केपी शर्मा ओलीतर्फ संकेत गर्दै माधव नेपालको आयो अहिले सम्मकै कडा अभिब्यक्ति

 

 

राम प्रसाद रिजाल, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्नु भएको छ । अखिल फोर्सले शनिबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले जे गरे पनि पारदर्शी हुनुपर्ने बताउनुभयो । मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्दै सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा नेता नेपालले जोड दिनुभयो । केपीअध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराउनुभयो ।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको दोहोर्याउनुभयो । आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेता नेपालले आफूहरू मैदान छोडेर नभाग्ने स्पष्ट पार्नुभयो । बरिष्ठ नेता माधव नेपालले अब कसैले पनि फेरि प्रधानमन्त्री बन्छु कि भनेर जालझेल नगर्न चेतावनी दिनु भयो । नेता नेपालले यो सरकारले राम्रो काम गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो , ‘संविधान र प्रतिनिधिसभा रक्षाका लागि सांसदाहरुले भोट खसालेर यो सरकार ल्याएको छ, त्यसैले यो सरकारले राम्रो काम गर्नुपर्छ ।’ उनले अब प्रतिनिधिसभा कसैले पनि विघटन गर्ने दुष्साहस नगर्न चेतावनी पनि दिए । ‘फेरि प्रधानमन्त्री बन्छु कि भनेरै कसैले जालझेल नगरोस्’ ।

वरिष्ठ नेता नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताउनु भयो । रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि नेता नेपालले चेतावनी दिनु भयो । ‘राजतन्त्र फेरि ल्याउने कसैले दुस्साहस गर्छ भने तिनिहरुलाई ईतिहासको कुडाकर्कटमा फलिनेछ सँधै सँधैको निम्ति ।’ उहाँले अघि भन्नु – ‘यो देशको हितमाथि कुठाराघात गर्ने कुनै पनि प्रवृत्ति छ भने त्यसलाई कुनै हकमा छुट दिन सकिँदैन । हामिले रगत पसिना बगाएर ल्याएको संविधानलाई कसैले कुल्चिने काम नगरोस्’ नेता नेपालले चेतावनी दिनु भयो ।

सर्वोच्च अदालतले गरेको फैसलाले लामो समयदेखि गलत बाटोमा बगिरहेको देशसलाई ठिक बाटोमा ल्याउने काम भएको उहाँको भनाई छ । ‘यो संविधानको संरक्षण भएको छ । सहि ब्याख्या गरिएको छ । गलत कमदलाई सच्याउने काम भएको छ, सर्वोच्च अदालतप्रति हामी सम्मान जाहेर गर्न चाहान्छौँ’, उहाँले भन्नु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई घोषणामै मात्र आनन्दिन नहुन सुझाव दिनुभयो । प्रधानमन्त्री देउवाले कोरोनाको प्रकोपलाई नियन्त्रण गर्न खोप ल्याउने आफ्नो प्राथमिकता घोषणा गरेको स्मरण गर्दै नेपालले वचन दिने तर काम नगर्ने परिपाटीलाई त्याग्न अनुरोध गर्नुभयो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend