शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लुम्बिनी प्रदेशकी माओवादी केन्द्र सांसद विमला खत्री वली सम्पर्कविहीन

लुम्बिनी प्रदेशकी माओवादी केन्द्र सांसद विमला खत्री वली सम्पर्कविहीन

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद विमला खत्री वली सम्पर्कविहीन बनेकी छन् । उनी ३ दिन देखि नै पार्टीको सम्पर्कबाहिर रहेको माओवादी केन्द्रले जनाएको छ । उपनिर्वाचनमा दाङबाट उनी लुम्बिनी प्रदेशसभाका लागि निर्वाचित भएकी थिइन् । नेकपा रहँदै उनी निर्वाचित भएको र पछि पार्टी विभाजित हुँदा माओवादी केन्द्र रोजेकी सांसद हुन् ।

उनी अहिले नेकपा एमाले प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ । किनकी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरिरहेकाछन् । सोही प्रयोजनका लागि एमालेले सांसद वलीलाई प्रलोभन देखाएर सम्पर्क बाहिर लगेको हुनसक्ने माओवादी केन्द्रको अनुमान रहेको छ ।

‘अल्पमतमा परेको लुम्बिनी प्रदेश सरकारले उनलाई एमालेमा लगेको हुनसक्छ । उहाँ दबाब र प्रलोभनमा पर्नुभएको हुन सक्छ हामी उहाँलाई निरन्तर सम्पर्कमा ल्याउने कोशिस गरिरहेका छौँ’ – माओवादी केन्द्रका एक नेताले भने ।

माओवादी केन्द्रको प्रदेश संसदीय दलको वैठक शनिबार आज नै बस्दै छ । सांसद वलीलाई बैठकमा सहभागी हुन सम्पर्क गर्दा उनी सम्र्कमा नआएको ती नेताले बताए ।

जसपाले ३ प्रदेश सांसदलाई कारवाही गरेपछि लुम्बिनीका मुख्यमन्त्री अल्पमतमा रहेका छन् । सांसद वलीले मुख्यमन्त्रीलाई साथ दिए पनि बहुमत पुग्ने अवस्था भने छैन । उता एमालेले भने सांसद ओलीलाई आफ्नो सांसद भएको दावी गर्दै आएको छ । तर उनले गत बैशाखमा माओवादी केन्द्र प्रवेश गरेको घोषणा गरेकी थिइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend