काठमाडौँ । एमाले पार्टीको विवाद विधि र विधानभन्दा बाहिर गएर खोज्न नसकिने महासचिव ईश्वर पोखरेलले बताएका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखि विवाद चलिरहेको छ । उक्त विवाद समाधानका लागि विभिन्न विकल्पको पनि खोजी भइरहेको छ ।
विवादबीच महासचिव पोखरेलले पार्टीको विधि र विधान बाहिरको कुरा स्वीकार गर्न नसक्ने अभिव्यक्ति दिएका हुन् । वरिष्ठ नेता नेपाल पक्षले सञ्चार माध्याममार्फत राखेका दुई अध्यक्ष लगायतका प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको पोखरेलको भनाइ थियो ।
शुक्रबार थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको बताए । ुपार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं,ु उनले भने, ुत्यसमा जाँदाखेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ रु त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै सबैले पालना गर्नुपर्यो ।’
माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए । उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिएका छन् । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह गरेको छ ।
महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी पनि दिएका छन् ।
त्यस्तै, एमालेले शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend