शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रायमाझी, भट्ट, साह, र चौधरीले दायर गरेको रिटको सुनुवाइ आज हुँदै

रायमाझी, भट्ट, साह, र चौधरीले दायर गरेको रिटको सुनुवाइ आज हुँदै

 

काठमाडौं । पूर्व माओवादी केन्द्रका चार नेताले सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।

आफूहरु एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको पूर्व माओवादी नेताहरुको जिकिर छ। पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

आफूहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरु माओवादी केन्द्र सदस्य रहेको भन्दै चारै नेताले बुधबार सर्वोच्च रिट दायर गरेका थिए । उनीहरुले रिटमा सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन् ।

पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्। पूर्वमाओवादी नेताहरुलाई माओवादी केन्द्र त्यागेको भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेको तीन महिनापछि मात्र उनीहरु पुनर्बहालीको माग राखेर सर्वोच्च गएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend