काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यलयमा आज खीर खुवाउने भएको छ । साउन १५ को अवसरमा एमालले पार्टी कार्यालय थापाथलीमा खीर खुवाउन लागेको हो ।
नेकपा एमाले स्रोतका अनुसार शुक्रबार दिउसो २ बजेबाट ३ बजेसम्म खीर खाने कार्यक्रममको आयोजना गरिएको छ । उक्त कार्यक्रममा एमाले पदाधिकारी तथा पत्रकारहरुलाई खीर खान आउन निमन्त्रणा गरिएको बताइएको छ ।
नेपाली परम्परा अनुसार साउन १५ मा दही चिउरा खाने प्रचलन रही आएको छ । किसानहरुले धान रोपिसकेपछि फुर्सदको समयमा खीर खाने चलन छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend