राम प्रसाद रिजाल,
काठमाडौं । साच्चै नी एमाले एकता गर्ने हो भने ओली र नेपाललाई बरावर हैसियतको अध्यक्ष बनाउने त्यसको लागि पार्टीको विधान संशोधन गरेर केन्द्रीय समिति बाट पास गरेर निर्वाचन आयोगमा पठाउने विधान संशोधन गर्न ९ औ महाधिवेशन बाट निर्वाचित २०३ जनाको केन्द्रीय समितको तुरुन्तै बैठक बोलाएर निर्णय गर्ने संशोधन विधानबाट ओली र नेपालको दुबै जनाको संयुक्त हस्ताक्षर बाट मात्र पार्टीका गतिविधि निर्णयहरु गराउने भन्नुको मतलव नेता नेपालको हस्ताक्षर विना ओलीले गरेका निर्णयहरु अवैधानिक हुने सबै कुराहरुमा नेपाल र ओलीको सहमति पछि मात्र पार्टीले गरेका निर्णयहरुले कानुनी मान्यता पाउने कसैको मनपरीतन्त्रलाई अंकुश लगाउने गरी पार्टी एकताको खाका बनाउने र कार्यदलले बुझाएको १० बुंदे सहमति पत्र अपूर्ण भएकोले वरिष्ठ नेता नेपालको सहमतिमा यसलाई सच्चाउनुपर्ने छ । माधव नेपाल पार्टी एकताको पक्षमा छन तर साच्चैको पार्टी एकता गर्ने हो भने ओलीको तानशाही प्रवृत्तिको अन्त गर्ने वा अंकुश लगाउने किसिमले पार्टी एकताको खाका ल्याउनु पर्ने पक्षमा माधव नेपाल हुनुहुन्छ ।
आगामी एमालेको १० औ महाधिवेशनमा माधव नेपालको एकल अध्यक्षतामा सहमतिमा नेतृत्व ओलीले हस्तांतरण गर्नुपर्ने हुन्छ । यसरी आगामी अधिवेशनमा नेपाललाई सहमतिमा अध्यक्ष बनाए पछि सबै कमिटी र तिनका सदस्य हरु सहमति मै बनाए पछि पार्टीमा गुटको अन्त भई पार्टी बलियो भई आगामी निर्वाचनमा नेपाल को नेतृत्वमा भावानात्मक रुपमै एकताबद्ध रूपमा पार्टीलाई लैजादा एमालेले बहुमत ल्याउने आवाश्यक परे माओवादी केन्द्र संग चुनावी तालमेल जानु पर्छ । यो नै पार्टी भित्रको बिवाद समाधान गर्ने सुत्र हो । भावनात्मक रुपमा पार्टी एकता भयो भने मात्र पार्टी बलियो हन्छ । रिजाल माधब नेपाल निकटका युवा नेता हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend