सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

डा डिआर उपाध्याय,

 

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पनि धेरै दिन भयो । तर पनि अझै सम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता पाइसके पछि यो सरकारले कोरोना महामारीसँग जुधेर जनतामा आशा जगाउन र भरोसा दिन सक्नुपर्ने छ । सरकार कतै पनि चुक्न हुदैन । देउवाले जनताको मन जित्दै इतिहास निर्माणको दिशामा अग्रसर हुन जरुरी छ ।

देउवाको अघिल्ला कार्यकाल त्यति सन्तोषजनक भएनन् । जुन कारण जनता उनीप्रति निराश छन । प्रधानमन्त्रि देउवाले यो कार्यकालमा पहिलाका गल्ती जनताले भुल्ने गरी काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर हो । देउवा सरकारसामु अहिले धेरै अवसर पनि छन् । अहिले देउवाका लागी इतिहास बनाउने अवसर छ । बिगतका गल्ति सच्याउदै उनी अव अघि बढनु पर्छ । अहिले देउवालाई धेरै दलको गठबन्धन हाँक्नुपर्ने बाध्यता छ ।

राजनीतिको वर्तमान परिस्थिति र प्रतिनिधिसभामा उनले पाएको विश्वासको मत हेर्दा सरकारलाई अल्पकालीन मात्र होइन, दीर्घकालीन महत्वका काम गर्ने अवसरसमेत प्राप्त भएको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप नै आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । सरकारका लागि अहिलेको मुख्य चुनौती नै यही हो । युद्धस्तरमा खटिएर जति सक्यो छिटो खोपको प्रबन्ध मिलाउन सरकार अघि बढनु पर्छ । विश्वासको मत लिनेक्रममा प्रतिनिधिसभामा देउवाले वर्तमान सरकारको प्रमुख प्राथमिकतामा कोरोनाविरुद्धको खोप र छिमेकीसँग सौहार्द्रपूर्ण एवं सन्तुलित सम्बन्ध रहने बताएका छन् । मुलुकभित्रका विभिन्न समुदायका मागलाई गम्भीरतापूर्वक लिने पनि उनले बताएका छन् । यसरी उनी केही आशा सञ्चार गर्नसमेत सफल भएका छन् ।

देउवा सरकारलाई असफल बनाउन बाह्य र आन्तरिक केहि तत्वहरु लाग्न सक्छन । यसमा होसियारी रहनु पर्छ । माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा ,जसपाको बाबुराम–उपेन्द्र खेमा र एमालेको माधव नेपाल समूहका सासंदहरुको साथ र सहयोगका कारण देउवा प्रधानमन्त्रि हुन सफल भएका हुन । बिगतमा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने र राजनीतिक रूपमा सम्मानपूर्वक व्यवहार गर्ने काम कांग्रेसले गरेको हो । यो कुरा कसैले भुल्नु हुदैन ।

जसपाको यादव–भट्टराई पक्ष मात्र नभएर ठाकुर–महतो पक्षले समेत देउवालाई संसदमा विश्वासको मत दिएका छन् । यसले उनलाई थप बलियो बनाएको छ । कोरोना महामारीसँग प्रभावकारी रूपले जुध्न र सकेसम्म चाँडै खोप उपलब्ध गराउन सके देउवा सरकार लोक प्रिय हुन सक्छ । खोप ल्याउने र लगाउने काम युद्धस्तरमा हुनु पर्छ । देउवा सरकारका अगाडि चुनौती पनि छन । ति चुनौतिहरुलाई छिचुल्दै देउवा अघि बढनु पर्छ ।

पुष्पकमल दाहालले दलहरूबीचको यो सहकार्यलाई अर्को चुनावसम्मै लैजाने घोषणा गरेका छन् । जसले गर्दा सरकार बलियो हुने सम्भावना देखिन्छ ।नेपालमा कोरोना महामारीको दोस्रो लहर केही मत्थर भए पनि थप लहर आउन सक्ने आकलन विज्ञहरूले गरेका छन् । विश्वभरका विकसित र विकासशील मुलुकले समेत धमाधम खोप दिँदै आफ्नो जीवनशैली पूर्ववत् अवस्थामा फर्काउन प्रयत्न गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप’ नै आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । देउवा सरकारका लागि अहिलेको मुख्य चुनौती भनेकै नै यही हो ।

उनकै दल र गठबन्धन घटकको कार्यशैली नफेरिने हो भने देउवा सरकार सफल हुन अत्यन्त गाह्रो छ । देउवा सरकारलाई नेपालको संविधान र त्यसअनुरूपको राजनीतिक प्रणाली र लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने ठूलो अभिभारा छ । मधेसकेन्द्रित दलले त झन् जारी हुँदाका वेलादेखि नै यो संविधानलाई रुचाएका छैनन् । सबैसँग समन्वय गरेर नेपालको संविधानमा समयानुकूल र सन्दर्भअनुसार परिवर्तन गर्दै यसलाई संस्थागत गर्नुपर्छ ।

यसो गर्न नसक्ने हो भने नेपाल अर्को अनिश्चितता र अस्थिरताको दलदलमा भासिन सक्छ । अहिले नेपालका राजनीतिक दलका नेताहरू जनताको जनजीविकाभन्दा पनि आफ्नो राजनीति कसरी टिकाउने र त्यसका लागि शक्तिकेन्द र धनाढ्यहरूलाई कसरी खुसी पार्ने भन्नेमा केन्द्रित छ । यो गलत संस्कार हो । दल र तिनका नेताहरुमा सुधार आउन जरुरी छ । देउवा सरकारको सफलतासँग मुलुकको लोकतन्त्र, संविधान र राजनीतिक प्रणालीको सफलता जोडिएको छ । आगामी यात्रा गम्भिरताका साथ चाल्नु पर्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend