सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिजुली चोरको बिगबिगी, वडाअध्यक्ष नै बिजुली चोर्दाचोर्दै समातिय

बिजुली चोरको बिगबिगी, वडाअध्यक्ष नै बिजुली चोर्दाचोर्दै समातिय

भनिन्छ नेपालमा बिजुली चोरी गर्ने संजालको लर्को छ । वेला वेलामा चोरहरु छोपिदै आएका छन् । बढी मात्रामा राज्यका नियगम निकायको संरक्षणबाट चोरी हुने गरेको पाईएको छ । बिगतमा बिधुत प्राधिकरणका कर्मचारीले अवैधानिक रुपमा बिधुत बेच्ने गरेको रहस्य खुलेको थियो । नेपाल बिधुत प्राधिकरणमा कारीकारी निर्देशकको रुपमा कुलमान घिसिङले पद समहाले लगतै त्यसको जरौ नै उखेली दिएका थिए ।

कार्यकारी घिसिङकै कडा कदमले लोडसेडिङ मुक्त मुलुक बनेको छ । तर अहिले फेरी बिजुली चोरको बिगबिगी देखिन थालेको छ । बिजुल्ी चोरी नियन्त्रणका लागि खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरयो । सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा र्फममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरी लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखी उनलाई ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् । त्यसैगरी,राजविराज वितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका ५का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्ष सहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।

विद्युत चोरी नियन्त्रण ऐन २०५८ र नियमावली २०५९ मा विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी दुवै वडाध्यक्ष छुटेका हुन् । यसअघि बर्दियाको मधुवनी नगरपालिका(२ का वडाध्यक्ष पहाडी थारु पनि विद्युत चोरीमा पक्राउ परी जरिवाना तिरेर रिहा भएका थिए ।

प्राधिकरणका बितरण तथा ग्राहक सेवा निर्देशनालयले हेरक क्षेत्रीय कार्यालयले बढी विद्युत चुहावट हुने जिल्लामा नियन्त्रणको अभियान नै चलाउन लागेको जानकारी दिईएको छ । यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्त रुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend