शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रेशम चौधरी पनि उपेन्द्र समूहमै

रेशम चौधरी पनि उपेन्द्र समूहमै

 

काठमाडौँ । जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरी उपेन्द्र यादव समूहमा खुलेका छन् । चौधरीले आफू आधिकारिक पार्टीमै रहेको र केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपाका प्रवक्ता डम्बर खतिवडाले बताए ।

खतिवडाले ट्वीटरमा लेखेका छन्, ‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।’

साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको थियो । सोही दिन आयोगमा ‘हेड काउन्ट’ हुँदा जेलबाट आयोग पुगेका चौधरीले आफू तटस्थ रहेको बताएका थिए । ‘हेड काउन्ट’मा यादवको पक्षमा ५१ सदस्यीय कार्यकारिणी सदस्यमा ३४ जना सदस्य खुलेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend