काठमाडौं । नेकपा एमालेका माधब निकटका युवा नेता राम प्रसाद रिजालले पार्टी भित्र माधब कुमार नेपालको लडाई पदका लागी नभएर विधिः पद्धतिको लडाई भएको बारम्वार दोहोराइरहेका छन ।
उनका अनुसार एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आफू पदको लागि नभई विधिः पद्धतिको लागि लडेको नेपाल निकट स्थायी कमिटीका नेताहरूले बताएका छन । नेता नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई वा आफ्नो पक्षका अन्य दोस्रो तहका नेतालाई अध्यक्ष बनाउन लागिपरेकोले नेता नेपालको लडाई पदको लागि होइन भन्ने कुरा प्रमाणित भएको रिजालको भनाई छ ।
नेता नेपाललाई कार्यकारिणी अध्यक्ष नबनाई एमाले पार्टी एकताबद्ध र बलियो हुन नसक्ने रिजालले तर्क राखे । यो भनाई सारा एमालेका कार्यकर्ता र नेपाली जनताको भावना हो पार्टी एकताको नाममा माधव कमरेडलाई भूमिका बिहिन बनाउने कुरा आफूहरूलाई मान्य नहुने उनको भनाई छ ।
नेता नेपालले संविधान संसद र समग्र रूपमा संघिय लोकतांत्रिक व्यवस्था बचाएर ओलीको प्रतिमानलाई परास्त गर्नूभएकोले ओलीले ७ वर्ष अध्यक्ष चलाईसकेकोले ओलीलाई बिदा गरेर नेता नेपाललाई अधिकार सम्पन्न एकल अध्यक्ष बनाएर मात्र कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ त्यसैले म नेतृत्व लिन्न भन्ने अधिकार नेता नेपाललाई छुट नभएको उनले बताए ।
ओलीको सत्तामोह तानशाही प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले अस्वस्थ ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टीलाई बचाउन नेता रिजालले सिङ्गो एमाले पार्टीलाई अपील समेत गरेका छन ।
ओलीले पार्टी एकतालाई क्षत विक्षत पारेको दुईतिहाईको सरकारलाई ढालेको संविधान र संसदको चीरहरण गरेकोले ओलीले माफ माग्नु पर्ने र ओलीको नैतिकता भए पार्टी अध्यक्ष बाट राजीनामा दिएर निकास दिनुपर्ने रिजालले बताए । कार्यदलले बुझाएको १० बुंदे सहमति पत्र अपूर्ण भएकोले वरिष्ठ नेता नेपालको सहमतिमा यसलाई सच्चाउनुपर्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend