शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विजय शाहीको मृत्युको खबर झूटो साबित, घरमै भेटिए विजय

विजय शाहीको मृत्युको खबर झूटो साबित, घरमै भेटिए विजय

 

काठमाडौं । ‘मेमोरी किङ’ भनिएका विजय शाहीको मृत्युको खबर झुटो रहेको कालिकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको भनेर हल्ला गरिएको शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारिएको डिएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘उनको मृत्युको खबर झुटो रहेछ । मैले गाउँमा सम्पर्क गर्दा उनी घरमा आइसकेका रहेछन् । बाहिर सामाजिक सञ्जालमा आएको कुरा झूटो हो ।’

सामान्य बिरामी भएर अस्पताल भर्ना भएका शाहीको निधन भएको भन्दै यसअघि विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले मृत्यु भएको फोटोसहितको खबर फेसबुकमा हालेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend