सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीको भ्रमणबारे यस्तो आयो चीनबाट खबर

प्रधानमन्त्री ओलीको भ्रमणबारे यस्तो आयो चीनबाट खबर

दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । उनको यो भ्रमणलाई चारैतिर बाट बडो चासो पूर्वक हेरिएको छ । भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत साझेदारीका क्षेत्रमा समझदारी हुने बताईएको छ । नेपालले प्रधानमन्त्री ओलीको भ्रमणको तालिका सार्वजनिक गरेकै दिन चिनियाँ विदेशमन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनका क्रममा भ्रमणको जानकारी गराएको अवस्था छ ।

चिनियाँ विदेशमन्त्रालयमा पत्रकार सम्मेलनका सुरुवातमै मन्त्रालयका प्रवक्ता जेङ सुयाङले नेपालका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको जानकारी गराई सकेका छन् । ‘चीन र नेपाल अनन्त मित्रताका साथै बृहत् साझेदारीका साझेदार भएको उसको भनाई छ । चिनियाँ विदेशमन्त्रालयका प्रवत्ताले ओलीको भ्रमणलेका क्रममा दुई देशबीच बीआरआईको फ्रेमवर्क्भित्र रहेर साझेदारीका क्षेत्रमा सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्क अन्तर्गतको साझेदारीलाई उचाइमा लाने अवसरको रूपमा चीनले लिन चाहेको उसको भनाई छ । नेपालमा राजनीतिक परिवर्तन पछि प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमण भएको भन्दै प्रवक्ता सुयाङले दुवै देशको नेतृत्वलाई चीन नेपाल सम्बन्धलाई नयाँ सिराबाट कोर्न तथा मार्गदर्शन गर्न सहयोग पुग्ने बताएका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणले सम्बन्धमा सुधारको साथै आर्थिक रुपमा पनि बिभिन्न सम्झौता हुने बताईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend