शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

फाइल तस्वीर।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यकारिणी सदस्य तथा सांसद रेणु यादवले जानकारी दिइन् ।

सोमवार उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै आज कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

सरकारमा सहभागी हुने, संसदीय दलको नेता चयन गर्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सांसद यादवले बताइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend