शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेकोमा कांग्रेसभित्र चुलियो अशन्तुष्टी

देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेकोमा कांग्रेसभित्र चुलियो अशन्तुष्टी

 

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री तथा सरकारलाई सहयोग गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले संघीय सरकार र गण्डकी प्रदेशका मन्त्री नियुक्तिमा कमजोरी औँल्याएका छन् ।

सोमबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले दुवै सरकारको बिस्तारमा पार्टी भित्र र बाहिरबाट आएका प्रतिक्रियालाई सकारात्मक रुपमा लिएर समयमै पाठ सिक्नुपर्ने बताए ।

‘हामी बीचबाट जस जसको कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबैसँग क्षमायाचना गर्दछु ।’

खड्काले आम नागरिकमा आशा जागृत राख्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समयमै गर्न जरुरी रहेका उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकोमा कांग्रेसभित्र अशन्तुष्टी बढेको छ । श्रेष्ठको नियुक्तिलाई लिएर पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि देउवा निकट महामन्त्री खड्काको यस्तो प्रतिक्रिया आएको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend