शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अहिलेको लडाई पदको लागि होइन विधिः र पद्धतिको होः नेता रिजाल

अहिलेको लडाई पदको लागि होइन विधिः र पद्धतिको होः नेता रिजाल

 

 

काठमाण्डौ । नेकपा एमालेका माधब नेपाल निकटका युवा नेता राम प्रसाद रिजालले अहिलेको लडाई पदको लागि नभएर विधिः र पद्धतिको रहेको बताएका छन । खबर बे्रकिङ संगको कुराकानीमा यस्तो बताएका हुन ।

उनले कार्यदलले बुझाएको १० बुंदे सहमति पत्र  अपूर्ण भएकोले वरिष्ठ नेता नेपालको सहमतिमा यसलाई सच्चाउनुपर्ने बताए ।

उनले भने, ‘माधव नेपाल पार्टी एकताको पक्षमा छन तर साच्चैको पार्टी एकता गर्ने हो भने ओलीको तानशाही प्रवृत्तिको अन्त गर्ने वा अंकुश लगाउने किसिमले पार्टी एकताको खाका ल्याउनु पर्ने पक्षमा माधव नेपाल हुनुहुन्छ ।’

ओलीले पार्टी एकतालाई क्षत विक्षत पारेको दुईतिहाईको सरकारलाई ढालेको संविधान र संसदको चीरहरण गरेकोले ओलीले माफ माग्नु पर्ने र ओलीको नैतिकता भए पार्टी अध्यक्षबाट राजीनामा दिएर निकास दिनुपर्ने उनले बताए ।

ओलीको सत्तामोह तानशाही प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले अस्वस्थ ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टीलाई बचाउन नेता रिजालले सिङ्गो एमालेपार्टी लाई अपील समेत गरेका छन । माधव नेपालको भूमिका बलियो बनाए एमाले पार्टी एकता पनि हुने र बलियो पनि हुने उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend