गृहमन्त्री रामबहादुर थापा (बादलले) समयमा काम नगर्ने निर्माण व्यवसायी माथि कडा कदम चाल्ने चेतावनी दिदै आएका छन् ।साथै केही निर्माण व्यवसायीलाई पक्राउ समेत गरेका छन् । निर्माण व्यवसायीले भने गृहमन्त्रीको यो कार्यशैली प्रति असन्तुष्टी जनाउदै आएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरू पक्राउ परेकोप्रति आपत्ति जनाउदै आएको छ । महासंघले विज्ञप्ति जारी गर्दै निर्माणको काम गरिरहेका निर्माण व्यवसायीलाई कार्यालयबाटै धरपकड गरिएको भन्दै आपत्ति जनाएको हो ।
महासंघका कार्यवहाक अध्यक्ष लक्ष्मणकुमार राना र महासचिव रामशरण देउजाद्वारा बिहीबार संयुक्त रुपमा जारी विज्ञपप्तिमा विधि र प्रक्रियाको खिल्ली उडाउँदै लोकतान्त्रिक मूल्य मान्यता विपरित सरकारले व्यवसायीहरुलाई पक्राउ गरेको आरोप लगाइएको छ ।
भौतिक पूर्वाधार निर्माण आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन नसक्नुको दोष व्यवसायीमाथि मात्र थोपरिनु जायज नभएको महासंघले जनाएको छ । व्यवसायीहरु सरकारको यो रबैयाले आतङकित भएको महासंघले जनाएकोे छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend