शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कोइराला निवासमा पौडेल पक्षको बैठक

कोइराला निवासमा पौडेल पक्षको बैठक

 

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आज बैठक बस्ने भएको छ । महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।

१४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल केन्द्रित हुने बताइएको छ । यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई आजको बैठकमा बोलाइएको छ । यस्तै केन्द्रीय क्रियाशील छानबिन समितिका तीन जना सदस्यलाई पनि बैठकमा बोलाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend