शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

म ढलेको होइन, एमाले ढाल्ने षड्यन्त्रकाविरुद्ध उभिएको हुँः रावल

म ढलेको होइन, एमाले ढाल्ने षड्यन्त्रकाविरुद्ध उभिएको हुँः रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू नढलेको बताएका छन् । शनिवार एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए ।

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर रावलले आइतबार बिहान आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत उक्त भनाई हास्यास्पद र मनगढन्त रहेको बताएका छन् ।

प्रचण्डले भनेझैं आफु नढलेको बताउदै रावलले भने ,प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend